मलंगवा – सर्लाहीमा आज (आईतबार) कोरोना भाइरसका ३२ जना नयाँ संक्रमित थपिएका छन् ।
जनकपुर ल्याबबाट प्राप्त रिपोर्ट अनुसार बरहथवा नगरपालिकामा १३ जना, धनकौल गाउँपालिकामा ११ जना, मलंगवा नगरपालिकामा ७ जना र रामनगर गाउँपालिकामा १ जना गरी जम्मा ३२ जना संक्रमित थपिएका हुन् । उनीहरुमध्ये मलंगवास्थित खानेपानी कार्यालयमा कार्यरत एक जना कर्मचारीको नामावली खुलाएर आएपनि अन्य संक्रमितहरुको नामावली नै प्राप्त नभएको जिल्ला स्वास्थ्य कार्यालय, सर्लाहीका कोभिड फोकल पर्सन सुशील झाले जानकारी दिए ।