logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

सपनाको उपचारका लागि तामाङ युवा घेदुङको सहयोग


  • उज्यालो अभियान

वीर अस्पतालमा उपचारार्थ सपना तामाङका बुबाआमालाई नगद सहयोग प्रदान गर्दै युवाहरु । (तस्बिर : उज्यालो अभियान)

हरिवन – काठमाडौंको वीर अस्पतालमा उपचार गराईरहेकी सपना तामाङलाई नेपाल तामाङ युवा घेदुङले आर्थिक सहयोग गरेको छ ।

युवा घेदुङका केन्द्रीय सचिवालय सदस्य एवं प्रदेश दुईका संयोजक सचित तामाङको नेतृत्वमा ६६ हजार रुपैंया नगद सहयोग गरिएको हो । हरिवन नगरपालिका–१० माईतीघर भएकी तामाङकी बुबा र आमालाई संयुक्त रुपमा घरमै पुगेर नगद रकम हस्तान्तरण गरिएको नेपाली कांग्रेस हरिवनका सचिव निरोज कार्कीले जानकारी दिए । शनिबार अपरान्ह नगद सहयोग हस्तान्तरणका क्रममा कांग्रेस नेतृ सोनी बम्जन, युवा नेताहरु अर्जुन योञ्जन, विकास शर्मा लगायतको उपस्थिती रहेको थियो ।