logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

सशस्त्र प्रहरीद्वारा चन्द्रनगरबाट १० किलो गाँजा बरामद


  • उज्यालो अभियान

गत वर्ष नारायणखोलामा गाँजा फडाँनी गर्दै तत्कालिन प्रजिअ मोहनबहादुर जिसी सहित सुरक्षाअधिकारीहरु । (तस्बिर : उज्यालो अभियान)

सागरनाथ – सशस्त्र प्रहरीले सर्लाहीको चन्द्रनगर गाउँपालिका–७, बाट १० किलो लागुऔषध गाँजा बरामद गरेको छ ।

सागरनाथस्थित बेश क्याम्पबाट सशस्त्र प्रहरी नायब निरीक्षक (सई) जीतेन्द्रप्रसाद साहको कमाण्डमा खटिएको गस्ती टोलीले दक्षिणतर्फ गइरहेको बीआर ०६ ए क्यू ९५५४ नं. को मोटरसाइकलबाट गाँजा बरामद गरेको हो । मोटरसाइकलमा गाँजा लिएर हिँडेका व्यक्ति भने सुरक्षाकर्मीलाई देख्नासाथ फरार भएका छन् ।

बरामद गरिएको गाँजा र मोटरसाइकल थप कारवाहीका लागि ईलाका प्रहरी कार्यालय केशरगन्ज, बयलवासमा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक (एसपी) गंगाराम श्रेष्ठले जानकारी दिए । निषेधाज्ञाकै समयमा पनि जिल्लाका विभिन्न ठाउँबाट प्रहरीेले पटक–पटक विभिन्न लागूऔषध बरामद गरिरहेको छ ।