प्रतिकात्मक तस्बीर ।
बरहथवा – सर्लाहीको दक्षिण पश्चिम भेगमा पर्ने बरहथवामा बिहिवार बिहान पानीमा डुबेर दुई जनाको ज्यान गएको छ।
बरहथवा नगरपालिका ३ स्थितपथलैया चौककी नवीनकुमार महतोकी ३ वर्षीया छोरी पुनम कुमारी खेल्ने क्रममा घर अगाडि पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको हो।
त्यस्तै बरहथवा नगरपालिका १० सीतापुर घर भई हाल नगरकै वडा नम्बर ९ मुर्तियामा हजुर बुवाको घरमा बस्दै आएकी रामबाबु महतोकी १७ वर्षिया छोरी पुनम महतो धान खेतमा कमलको फूल टिप्न जाँदा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुवैको शव पोष्टमार्टमका लागि सर्लाही जिल्ला अस्पताल मलंगवा पठाएको छ।