खुटौना – पूर्व गृह सहायक मन्त्री सोनेलाल राय यादवको शव गृह गाउँ सर्लाहीको खुटौना ल्याइएको छ ।
ब्रेेन ह्यामरेज रोगबाट पीडित रायको उपचारका क्रममा सोमवार वीर अस्पताल काठमाण्डौंमा ७२ वर्षको उमेरमा निधन भएको थियो । रायको पार्थिव शरीर मंगलवार बिहान ४ बजेतिर आफ्नै घर मलंगवा नगरपालिका–६, खुटौना ल्याइएको हो ।
रायको मंगलवार नै गाउँमा स्थानीय परम्परा अनुसार अन्त्येष्टि गरिँदै छ । राजाको प्रत्यक्ष शासन कालमा राय गृह सहायक मन्त्री बनेका थिए । स्वास्थ्यमा समस्या आएपछि रायलाई हेलिकप्टर मार्फत काठमाण्डौं पु¥याइएको थियो ।