नहरमा पानी ल्याउन बाग्मती आइपुगेको नगरप्रमुख सहितको टोली । तस्बिर : मेयर साहकै फेसबुकबाट
मलंगवा – बागमती सिँचाई आयोजनाको पानी किसानको खेतसम्म पु¥याउन मलंगवा नगरपालिकाका प्रमुख निरसल साह सक्रिय भएर लागि परेका छन् ।
पर्याप्त आकाशे वर्षा नभएको र नहरमा पानी सुकेकाले किसानहरु समस्यामा परेपछि मेयर साह आफै नहरमा पानी पु¥याउने काममा खटिएका हुन् । मलंगवासम्मको नहरमा पानी पु¥याईदिन माग गर्दै नगर प्रमुख साहसहितको टोलीले सोमवार दिउँसो बागमती सिँचाई आयोजनामा आएर ध्यानाकर्षण गराएको छ ।
यसबारेमा आयोजनाका प्रमुखसँग कुरा राख्दा नहर सरसफाई गरी बिगे्र भत्किएको ठाउँमा मर्मत गरेर वुधवारसम्म मलंगवासम्म पानी पु¥याइदिने आश्वासन पाएको नगर प्रमुख साहले बताए । आफूहरु नहरकै बाटो भएर मलंगवासम्म फर्किदा बीच भागका किसानले पानी भाच्न जथाभावी नहर भत्काएको र ठूल्ठूला पाइप हालेको पाइएको नगर प्रमुख साहले बताए ।
नहरमा पानी नआउँदा धान बाली सुक्न थालेको भन्दै किसानले गुनासो गरेपछि नगर प्रमुख साह, प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदी, वडा नं. १२ का वडाध्यक्ष रामदरेश राय, समाजसेवी कौशलकिशोर राय लगायतले सोमवार कर्मैयास्थित बागमती सिँचाई आयोजनामा आएर तत्काल पानी पठाइदिन आग्रह गरेका हुन् ।
बागमती सिँचाई आयोजनाको नहरबाट सर्लाहीको पश्चिमी र दक्षिणी भेगमा ठूलो क्षेत्रमा सिँचाई हुने भएपनि नहर सरसफाई नहुँदा र बिगे्रभत्किएका सहायक नहरहरु मर्मत नहुँदा तल्लो भेगसम्म पानी पुग्ने गरेको छैन् ।