logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

चन्द्रनगर : १० दिनमा बल्ल रिपोर्ट, १९२ मा २० जनाको रिपोर्ट आउँदा ५ पोजिटिभ


  • उज्यालो अभियान

चन्द्रनगर – सर्लाहीको चन्द्रनगरबाट थ्रोट स्वाब पठाएको १० दिनपछि बल्ल पीसीआर परीक्षण रिपोर्ट आउन थालेको छ ।

चन्द्रनगरबाट गत साउन २७ गते १९२ जनाको स्वाब संकलन गरी परीक्षणका लागि जनकपुरस्थित प्रादेशिक ल्याबमा पठाइएको थियो । त्यसमध्ये बिहिवार साँझ अबेर २० जनाको रिपोर्ट आउँदा ५ जनामा कोरोना संक्रमण पाइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विरेन्द्र साहले जानकारी दिए । संक्रमितहरु पाँचै जना सर्वसाधारण हुन् । उनीहरु स्वाब दिएपछि १० दिनसम्म रिपोर्ट नआउँदा गाउँघरमा खुलेयाम डुलेर हिँडेका थिए ।

संक्रमितहरुलाई घरमै बस्न भनिएको स्वास्थ्य शाखा प्रमुख साहले बताए । उनले बाँकीको आज रिपोर्ट आउने समेत जानकारी दिएका छन् ।