logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

कविलासीमा स्वास्थ्यका छ सहित आठजना संक्रमित, सर्लाहीमा १०९० संक्रमित पुगे


  • उज्यालो अभियान

कविलासी – कविलासी नगरपालिकामा स्वास्थ्य शाखाका ६ जना र वडा सचिव सहित ८ जनामा काेराेना भाईरस पाेजेटिभ देखिएकाे छ । जनप्रतिनिधि कर्मचारी लगायत १२३ जनाकाे थ्राेट स्वाब परीक्षणका क्रममा आठ जना संक्रमित फेला परेका हुन् । मंगलबार अाएकाे रिपाेर्ट अनुसार नगरपालिकाका स्वास्थ्य संयाेजक संजय झा सहित स्वास्थ्य शाखाका छ जना स्वास्थ्यकर्मी, एकजना वडा सचिब र एकजना वडा सदस्य संक्रमित भएका छन् ।
त्यस्तै मंगलबार नै अाएकाे रिपाेर्ट अनुसार काैडेना गाउँपालिकाका वडाध्यक्ष र एक स्वास्थ्य संयोजक सहित ५६ जनालाई कोरोना भाईरस पोजेटिभ देखिएको छ । कौडेनाबाट पठाईएको ३०० स्वाब मध्ये १६५ जनाको परीक्षण गर्दा ५६ जनामा पोजेटिभ देखिएको हाे ।
त्यसैगरी मंगलबार नै अाएकाे रिपाेर्ट अनुसार विष्णु गाउँपालिकामा १३ जना काेराेना भाईरस संक्रमित फेला परेका छन् । विष्णुले १८० जनाकाे स्वाब परीक्षणका लागि पठाएकाे थियाे ।
त्यस्तै हरिपुर नगरपालिकामा जोखिम भत्ता माग्दै नगरपालिका कार्यालयमा धर्ना बसिरहेका तीनजना स्वास्थ्यकर्मी सहित ३१ जनामा कोरोना भाईरस पोजेटिभ देखिएको छ । हरिपुरबाट २४६ जनाकाे स्वाब पठाईएकामा १०० जनाकाे मात्र परीक्षण भएकाे हाे ।
मंगलबार मात्र सर्लाहीमा १०८ जना संक्रमित फेला परेका छन् । याे सहित सर्लाहीमा एकहजार ९० जना संक्रमित पुगेका छन् ।