logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

सातसय ग्राम चाँदी सहित एक भारतीय पक्राउ


  • उज्यालो अभियान

मलंगवा – सर्लाहीको सदरमुकाम मलंगवाबाट सातसय ग्राम चाँदी सहित एक भारतीय युवक पक्राउ परेका छन् ।

मलंगवा नपा–५ दशगजा नजिकबाट सितामढी जिल्ला ग्राम पंचायत रिगा–८ बस्ने खहेरु साहको छोरा २५ वर्षीय संदिप साहलाई शुक्रबार सातसय ग्राम चाँदी सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी सहायक निरिक्षक बिनालाल साहको कमाण्डमा खटिएको गस्ती टोलीले भारतबाट भन्सार छली गरेर ल्याउदै गरेको चाँदी सहित साहलाई पक्राउ गरेको हो । बरामद चाँदीको ८७ हजार रुपैंया मुल्य रहेको समेत प्रहरीले जनाएको छ ।