logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

दिवंगत आमाको पुण्यतिथीमा आश्रमका वृद्धवृद्धालाई भोजन


  • उज्यालो अभियान

कोइरालाका परिवार

नवलपुर – सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानीमा रहेको पद्म–भुवनेश्वरी नमूना वृद्धा सेवाश्रममा एक परिवारले मिष्ठान भोजन गराएको छ ।

जिल्ला प्रशासन कार्यालय मलंगवाका तत्कालिन प्रशासकीय अधिकृत बासु प्रसाद कोइरालाले दिवंगत आमा सीता देवीको वार्षिक पुण्यतिथीमा आश्रममा शरण लिएर बसिरहेका वृद्धबृद्धालाई आइतवार बिहानको भोजन गराउनु भएको हो । कोइरालाले यसअघि श्रीमतीको जन्मदिन र दिवंगत बुवाको पुण्य तिथीमा पनि आश्रममा भोजन गराएका थिए ।