logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

कांग्रेस समूहले बन्दुकसहित आक्रमण गरेको नेकपाको दावी


  • उज्यालो अभियान

हरिवन – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सर्लाहीले धनकौल गाउँपालिकामा कांग्रेस कार्यकर्ताले आप्mनो पार्टीका कार्यकर्ताहरुमा माथि बर्बरतापूर्ण आक्रमण गरेको दाबी सहित उक्त घटनाप्रति खेद व्यक्त गरेको छ ।

नेकपा सर्लाहीका अध्यक्ष रेवती पन्तले प्रेस विज्ञप्ति जारी गर्दै बन्दुक सहितको आक्रमणमा संलग्नलाई तत्काल पक्राउ गरी घाईतेहरुको उपचार एवं उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन् । धनकौल गाउँपालिका वडा नम्बर २ र ३ को सिमानामा मिति २०७७ साल असार १४ गते साँझ ७ बजेति नेपाली कांग्रेसको समूहले अवैध बन्दुक सहितको आक्रमणबाट नेकपाका १५ जना स्थानीय नेता कार्यकर्ता घाईते भएको र केहीको वीरगंज तथा अन्यको जिल्ला अस्पताल मलंगवामा उपचार भईरहेको विज्ञप्तिमा दाबी गरिएको छ । आक्रमणमा प्रदेस सांसद् विरेन्द्र सिंह, धनकौल गाउँपालिकाका अध्यक्ष रामआश्रय साह लगायतको समेत संलग्नता रहेको दाबी सहित अबिलम्ब कानूनी कारबाहीको दायरामा ल्याउन विज्ञप्तिमा माग गरिएको छ । केही दिनअघि रामनगर गाउँपालिकाका वडाध्यक्ष रामनरेश महतोको मिलेमतोमा नेकपामा कार्यकर्ता रामजनम रायको हत्याको विरोधमा आफ्नो पार्टीले गरेको शान्तिपूर्ण विरोध प्रदर्शनमा कांग्रेसको समूहको आक्रमणले हत्यामा ठूलै षडयन्त्र रहेको आशंकामा बल मिलेको दाबी गरिएको छ । मृतकका परिवारलाई तत्काल क्षतिपूर्ति र राहत प्रदान गरी शवको दाहसंस्कार गर्ने वातावरण तयार पार्न समेत विज्ञप्तिमा माग गरिएको छ ।

यता प्रदेश सांसद् सिंह र गाउँपालिका अध्यक्ष साहले भने आफूहरुको तर्फबाट बन्दुक सहितको आक्रमण नभएको दाबी गर्दै आएका छन् । सत्ताको आडमा सत्ताधारी नेकपासँगको मिलेमतोमा प्रहरी प्रशासनले आफूहरुलाई फसाउने षडयन्त्र गरिरहेको उनीहरुको आरोप छ ।