सांकेतिक तस्बीर ।
लालबन्दी – शनिवार रातीदेखि सर्लाही जिल्लाभर विद्युत् अवरुद्ध छ ।
चन्द्रनिगाहपुरबाट ल्याइएको ३३ केभी प्रशारण लाइनमै खराबी आएकाले जिल्लाभर नै विद्युत् अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरणको लालबन्दी वितरण केन्द्रका प्राविधिक मोहन श्रेष्ठले जानकारी दिए । फिल्डमै रहनु भएका प्राविधिक श्रेष्ठले तत्काल घुर्कौलीदेखि हरिपुरस्थित शव स्टेशनसम्म खराबी आएकाले मर्मतको काम गरिरहेको बताए ।
अवरुद्ध विद्यूत् जतिसक्दो चाँडो सूचारु गर्न लालबन्दी, बरहथवा र मलंगवा वितरण केन्द्रबाट प्राविधिकहरु खटिएर काम गरिरहेका छन् ।
यसैबीच सर्लाहीमा शनिवार रातीदेखि नै निरन्तर सामान्य वर्षा भइरहेको छ । सिमसिम पानी पर्दा भित्री कच्ची सडक हिलाम्मे भएका छन् भने जिल्लाका बागमती, लखन्देही, कालिन्जोर, फुलजोर, बाँके जस्ता खहरे खोलाहरुमा पानीको सतह बढेको छ । धान रोपाइँमा व्यस्त रहेका किसानलाई भने अहिले परेको पानीले राहत मिलेको छ ।