सर्लाहीमा मानसिक रोगका बिरामीलाई कोरोना भाईरस, दुईजना पुगे

3

हरिपूर्वा – सर्लाहीमा अर्का एकजनालाई कोरोना भाईरस (कोभिड–१९) पोजेटिभ देखिएको छ । योसँगै सर्लाहीमा कोरोना भाईरस संक्रमित दुईजना पुगेका छन् ।

मंगलबार जिल्लाको दक्षिण–पूर्वी क्षेत्र स्थित हरिपूर्वा नगरपालिका–३, धनकौल गाउँका ४५ वर्षीय एकजना पुरुषको पीसीआर पोजेटिभ आएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए । ‘पहिला जनकपुरमा गरिएको परीक्षणमा नेगेटिभ देखिएपछि उनलाई छाडिएको थियो’, प्रजिअ जिसीले भने, ‘तर टेकुमा पठाईएको स्वाब परीक्षण भने पोजेटिभ आएछ ।’
प्रजिअ जिसी, प्रहरी उपरीक्षक विश्वमणि पोखरेल, सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठ लगायत सुरक्षा अधिकारी एवं स्वास्थ्कर्मीहरुको टोली धनकौल गाउँ पुगेर उनलाई जनकपुरतर्फ पठाएको छ । ‘मानसिक रोगको बिरामी भएकाले निकै समस्या प¥यो’, प्रजिअ जिसीले बुधबार उज्यालो अभियानसँग भने, ‘बल्ल बल्ल उपचारका लागि जनकपुर स्थित प्रादेशिक अस्पताल पठाएर अहिले बिहान ३ बजे गाउँबाट फर्किएका हौं ।’

मानसिक रोगका बिरामी उनी विभिन्न ठाउँमा डुल्दै हिड्ने गरेकाले कोरोना भाईरस संक्रमणको जोखिम बढेको स्थानीयले बताएका छन् । पहिला पनि उनी आईसोलेसनबाट भागेको बताईएको छ । भारत लगायत विदेश कतै नगएका उनी जनकपुर लगायत विभिन्न स्थानमा नमाज पढ्ने क्रममा संक्रमित भएको हुन सक्ने सुरक्षा श्रोतले अनुमान गरेको छ ।
यसअघि जिल्लाको दक्षिण–पश्चिम क्षेत्र स्थित धनकौल गाउँपालिका–५, हरकठवागोठका १४ वर्षीय किशोरमा कोरोना भाईरस पोजेटिभ देखिएको थियो ।

यो पनि पढ्नोस्

घर फिर्ता गरिएका किशोरमा टेकुको रिपोर्ट पोजेटिभ आएपछि सर्लाहीबासी त्रसित

सर्लाहीबाट संकलित सबै ११५ जनाको स्वाब परीक्षण नेगेटिभ