जिल्लाको कविलासी नगरपालिकामा हुरीले उडाएको जस्ताले लागेर एक जनाको मृत्यु भएको छ ।
सोमवार दिउसो पानी सहित आएको हावा हुरीले उडाएको जस्ताले लागेर कविलासी नगरपालिका–३ बिनगरा निवासी १९ बर्षका राजेश यादवको घटना स्थलमै मृत्यु भएको हो । एक्कासी आएको हावा हुरीले यादवको दुई तले घरको जस्ताको छाना उडाएको थियो ।
हावाले उडाएको जस्ताले यादवको टाउको, घाटी र हातको पाखुरामा चोटलागेको जिल्ला प्रहरी कार्यलय मलंगवाले जनाएको छ । जिल्ला प्रहरी कार्यलय मलंगवार र ईलाका प्रहरी कार्यलय हरिपुरको प्रहरी टोलीले घटना स्थलको मुचुल्का तयार गरी सव परिक्षणको लागि जिल्ला अस्पताल पठाएको जिल्ला प्रहरी कार्यलयका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक मदन कुवँरले जानकारी दिए ।
हावाहुरीले पु¥याएको क्षतीको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यलय मलंगवाले जनाएको छ ।