सर्लाहीको हरिपूर्वामा दुई परिवारबीचको झगडामा एक महिलाको मृत्यु, पाँच जना पक्राउ

1
प्रतिकात्मक तस्बीर ।

हरिपूर्वा – सर्लाहीको दक्षिण पूर्वी भेगमा पर्ने हरिपूर्वा नगरपालिका–८, बसन्तपुर टोलामा दुई परिवारबीचको झगडामा एक महिलाको मृत्यु भएको छ ।

स्थानीय खोददी अन्सारी र सैदुन खातुनको परिवारबीचको झडामा ४३ वर्षीया सैदुल खातुनको मृत्यु भएको सर्लाही प्रहरीले जनाएको हो । सुरुमा छोराछोरीबीच भएको झगडामा अभिभावकहरु पनि मिसिएका सर्लाहीका प्रहरी प्रवक्ता एवं डीएसपी मदन कुँवरले जानकारी दिए ।

झगडाका क्रममा गम्भीर घाइते भएकी सैदुनलाई उपचारका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल लगिएको र त्यहाँबाट थप उपचारका लागि जनकपुर स्थित जानकी अस्पताल लैजादै गर्दा बाटैमा मृत्यु भएको उनले बताए । कुटपिटमा संलग्न पाँच जनालाई पक्राउ गरी घटनाको अन्य अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।