logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

लालबन्दीको राहत वितरणमा कांग्रेसको आपत्ति


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिकामा सरकारको निर्णय विपरीत सर्वदलिय संयन्त्र नबनाई राहत वितरण गरिएको भन्दै नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।

नेपाली कांग्रेस नगर समितिको शनिबार बसेको बैठकले सहमति विपरीत संयन्त्र नै नबनाई राहत बाँडिएको भन्दै आपत्ति जनाएको हो । यस्तै बैठकले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध जुध्न र प्रभावितलाई राहत उपलब्ध गराउन पार्टीको तर्फबाट राहत कोष खडा गर्ने निर्णय भएको लालबन्दी नगर समितिका सभापति प्रशान्त आचार्यले जानकारी दिए ।

यसैगरी बैठकले नगरका हावाहूरी एवं असिना पानी प्रभावितको तत्काल विवरण संकलन गरेर राहत प्रदान गर्न स्थानीय तथा प्रदेश सरकारसँग माग समेत गरेको छ ।