श्रममन्त्री यादवले दिए विभिन्न पालिका र जिल्ला विपद् व्यवस्थापन समितिलाई ६० क्विन्टल चामल

201


बरहथवा – सर्लाही निवासी संघीय सरकारका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले ६० क्विन्टल चामल उपलब्ध गराएका छन् ।

उनले जिल्लाका विभिन्न पालिकालाई ५० क्विन्टल र जिल्ला विपद् व्यवस्थापन समितिलाई १० क्विन्टल चामल प्रदान गरेका हुन् । सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीलाई सुक्रवार बरहथवामा सो परिमाणको चामल हस्तान्तरण गरियो ।
नेकपाका केन्द्रीय सदस्य डाचाराज वाग्ले, पार्टी सचिव कमल बुढाथोकी, नेकपाका नेता हरि उपे्रती, मन्त्री यादवका स्वकिय सचिव मनोज कुशवाहा, बागमती नगरपालिकाका मेयर भरतकुमार थापा र बरहथवा नगरपालिकाका मेयर देवानन्द महतोको उपस्थितिमा चामल हस्तान्तरण गरिएको हो ।
पालिकाहरुलाई प्रदान गरिने ५० क्विन्टल चामलमध्ये बरहथवा नगरपालिकाले ११ क्विन्टल, बागमती नगरपालिकाले १२ क्विन्टल, हरिवन नगरपालिकाले १० क्विन्टल, चक्रघट्टा गाउँपालिकाले ९ क्विन्टल, कविलासी नगरपालिकाले ४ क्विन्टल, बसबरिया गाउँपालिकाले ३ क्विन्टल र हरिपुर नगरपालिकाले १ क्विन्टल पाउने छन् ।