logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

पूर्व सांसद् नरेन्द्र साहद्वारा संचारकर्मीलाई मास्क र स्यानिटाईजर प्रदान


  • उज्यालो अभियान

हरिवन – पूर्व सांसद् नरेन्द्र साहले सर्लाहीका संचारकर्मीलाई मास्क र स्यानिटाईजर प्रदान गरेका छन् ।

कोरोना भाईरस (कोभिड–१९) को संक्रमणको त्रासबीच पनि जिल्लामा सकृय खटिरहेका संचारकर्मीको सुरक्षाका लागि थोरै सहयोग गरिएको साहले बताए । साहले ३०० थान सर्जिकल मास्क तथा ५ लिटर स्यानिटाईजर दिएका हुन् । ‘तत्काललाई अन्तै सहयोग गर्न ल्याईएको सामग्री मध्यबाट संचारकर्मी मित्रहरुलाई सानो सहयोग गरिएको हो’, साहले भने, ‘केही दिनभित्र संचारकर्मी मित्रहरुलाई थप गुणस्तरीय मास्क उपलब्ध गराउनका लागि तयारी गरिरहेको छु ।’ सँधै आम नागरिकलाई सूचना पस्किने संचारकर्मीलाई अहिलेको कठिन घडीमा सुरक्षित ढंगले काम गर्न सहज होस् भनेर आफूले सहयोग गरेको साहले बताए ।

साहका सहयोगिबाट हरिवनमा प्राप्त मास्क र स्यानिटाईजर सदरमुकाम मलंगवामा कार्यरत पत्रकारहरुका लागि नेपाल पत्रकार महासंघका अध्यक्ष विश्वनाथ ठाकुरलाई आईतबार नै हस्तान्तरण गरिसकिएको र बरहथवा, लालबन्दी, बागमती लगायत स्थानका संचारकर्मी साथिहरुलाई पनि सम्बन्धित ठाउँमा पठाउने तयारी भईरहेको यसै उज्यालो अभियान डिजिटल पत्रिकाका सम्पादक अच्युतकुमार सापकोटाले जानकारी दिए ।

२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा सर्लाही क्षेत्र नं. ३ बाट स्वतन्त्र उम्मेद्वारी दिएर पराजित भएपनि पूर्व सांसद साहले आफ्नो निर्वाचन क्षेत्र सहित जिल्लाभर भौतिक पूर्वाधार, सामाजिक विकास लगायतमा निरन्तर सहयोग गर्दै आईरहेका छन् भने अहिले कोरोना भाईरस संक्रमणबाट बचाउनका लागि स्वास्थ्य सामग्री एवं लकडाउनका कारण अफ्ठ्यारोमा परेका विपन्न परिवारलाई खाद्यान्न समेत सहयोग गरिरहेका छन् ।

फोटो क्याप्सन : पूर्व सांसद् साहबाट प्राप्त मास्क र स्यानिटाईजर पत्रकार महासंघका अध्यक्ष ठाकुरलाई हस्तान्तरण गर्दै सम्पादक सापकोटा । (तस्बिर : उज्यालो अभियान)