घुर्कौली निवासी एक महिलालाई मास्क, ग्लोब लगायत सामग्री प्रदान गरिदै । (तस्बिर : उज्यालो अभियान)
हरिवन – नेपाली कांग्रेसका नेता कार्यकर्ताले हरिवन नगरपालिका वडा नं. ५ का बासिन्दालाई मास्क, साबुन र ग्लोब वितरण गरेका छन् ।
कोरोना भाईरस (कोभिड–१९)को संक्रमणबाट जोगाउनका लागि घुर्कौली गाउँका २१२ घरधुरीका बासिन्दालाई शुक्रबार उक्त सामग्री वितरण गरिएको नेपाली कांग्रेस महासमिति सदस्य शेरबहादुर योञ्जनले जानकारी दिए । कांग्रेसका स्थानीय युवा नेता बिजय स्याङ्तान, पार्ङ्ग लामा लगाएतको पहलमा महासमिति सदस्य योन्जन सहित कांग्रेस नेताहरु टम बहादुर घिसिङ, बिनोद कार्की, रमेश भट्टराई लगाएतको आर्थिक सहयोगमा मास्क, ग्लोब र साबुन वितरण गरिएको हो । सामग्री वितरणका क्रममा स्थानीय गाउँलेलाई पटक पटक साबुन पानीले हात धुन आग्रह सहित धुने तरिका समेत सिकाईएको योञ्जनले जानकारी दिए ।