logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

दुई मोटरसाईकल ठोक्किँदा तीनजना घाईते


  • उज्यालो अभियान

सांकेतिक तस्बिर ।

कर्मैया – दुईवटा मोटरसाईकल ठक्कर खाँदा मोटरसाईकलमा सवार तीनजना सर्वसाधारण घाईते भएका छन् ।

बागमती नगरपालिका–८ गाजलि चोकमा कर्मैयाबाट सोल्टी बजार तर्फ आउँदै गरेको ज. ३ प ४६७ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट आउँदै गरेको ना. ५० प १०७७ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किँदा तीनजना सर्वसाधारण घाईते भएका हुन् । आईतबार साँझ भएको दुर्घटनामा परी ज. ३ प ४६७ नम्बर मोटरसाईकल चालक बागमती नगरपालिका–६ निवासी १६ वर्षीय मुना महतो, ना. ५० प १०७७ नम्बरको मोटरसाईकल ६० वर्षीय दिल्ली राज थापा एवं सोही मोटरसाईकलमा पछाडी सवार स्थानीय ४५ वर्षीय कुमार खडका घाईते भएका छन् ।