logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

वैवाहिक वर्षगाँठमा गुप्ता दम्पत्तिले दिए वृद्ध आश्रमलाई वासिङ मेसिन


  • उज्यालो अभियान

वैवाहिक वर्षगाँठमा गुप्ता दम्पत्तिले दिए वृद्ध आश्रमलाई वासिङ मेसिन
सर्लाही सदरमुकाम मलंगवाका एक दम्पत्तिले वैवाहिक वर्ष गाँठको अवसरमा बिहिवार वृद्ध सेवाश्रममा एक थान वासिङ मेसिन प्रदान गरेका छन् ।

सदरमुकाम मलंगवा नगरपालिका–८, निवासी सञ्जय गुप्ता र सुजता गुप्ताले १७ औँ वैवाहिक वर्षगाँठ (एनिभर्सरी) को अवसरमा पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रम जुटपानीमा एक थान वासिङ मेसिन प्रदान गरेका हुन् ।

गुप्ता दम्पत्तिले आमा कान्तिदेवी सँगै बिहिवार दिउँसो आश्रममै आएर वासिङ मेसिन प्रदान गर्नुभएको आश्रमकी व्यवस्थापक भवानी कोइरालाले जानकारी दिईन् ।

सदरमुकाम मलंगवास्थित सहारा बैङ्कको अध्यक्ष एवं दुर्गा अफसेट पे्रसका सञ्चालक समेत रहेका गुप्ताले यसअघि पनि वैवाहिक वर्षगाँठमा आश्रममा सहयोग गरेका थिए ।