logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

जन्मदिनमा आश्रममा भोजन


  • उज्यालो अभियान

जुटपानी – सर्लाहीको बागमती नगरपालिका–११, कर्मैयाकी नवीना दाहाल (पुडासैनी) ले जन्म दिनको अवसर पारी बिहिवार वृद्ध आश्रममा भोजन गराएकी छिन् ।

उनले बिहिवार आश्रममै आई त्यहाँ आश्रीत बुवा आमालाई बिहानको भोजन गराएकी हुन् । पछिल्लो समय वृद्ध आश्रममा आश्रित सहारा बिहिन वृद्धबृद्धासँग जन्मोत्सव मनाउनेहरु बढिरहेका छन् । मनकारी व्यक्तिहरु आएर एक छाक खाना खुवाइदिँदा पनि आश्रम सञ्चालनमा टेवा पुगिरहेको आश्रमकी व्यवस्थापक भवानी कोइरालाले बताईन् ।