logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

जन्मदिनमा आश्रमका बृद्धवृद्धालाई भोजन


  • उज्यालो अभियान

वृद्धवृद्धालाई खाना खुवाउँदै दाहाल दम्पति । (तस्बिर ः भवानी कोइरालाको फेसबुक वाल)

जुटपानी – आफूहरु दुवैको शनिवार एकैदिन परेको जन्मदिनको अवसर पारी सर्लाही जानकीनगरका एक दम्पत्तिले जुटपानी आश्रममा मिष्ठान भोजन गराएका छन् ।

हरिपुर नगरपालिका–१, जानकीनगरका कृष्ण दाहाल र उनकी पत्नी प्रमिला पोखरेल (दाहाल) ले जन्मोत्सवको अवसरमा शनिवार बिहान पद्म–भुवनेश्वरी नमूना वृद्धसेवाश्रम जुटपानीमा आश्रीत बुवा आमालाई भोजन गराएका हुन् । आश्रममा आई आफूहरुलाई भोजन गराएपछि दाहाल दम्पत्तिलाई आश्रमका बुवाआमाले जन्मदिनको शुभकामना व्यक्त गरे । पछिल्लो समय मनकारी व्यक्तिहरुले विभिन्न उत्सव तथा दिवंगत आफन्तको सम्झनामा आश्रमका वृद्धबृद्धालाई भोजन गराउने क्रम चलिरहेको छ ।