logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

दनुवार जागरण समितिको नेतृत्व चयन


  • उज्यालो अभियान

ईश्वरपुर – सर्लाहीमा दनुवार जागरण समितिको नयाँ नेतृत्व चयन भएको छ ।

आइतवार ईश्वरपुर नगरपालिका–७, धनपट्टी डाँडामा सम्पन्न पाँचौं जिल्ला अधिवेशनबाट सर्वसम्मत रुपमा चेतनारायण सिंह दनुवार अध्यक्ष रहने गरी ९ सदस्यीय जिल्ला कार्य समिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा सर्मिला सिंह दनुवार, सचिवमा जीतेन्द्रसिंह दनुवार, कोषाध्यक्षमा सत्यनारायण सिंह दनुवार, सदस्यहरुमा रामकृष्ण दनुवार, रामनारायण सिंह दनुवार, रामकृष्ण कुँवर दनुवार, सदावृक्ष कुँवर दनुवार, राजुदेवी दनुवार, अनारकली देवी दनुवार, जीरादेवी दनुवार रहेका छन् । रामप्रसाद सिंह दनुवारको अध्यक्षतामा रहेको निर्वाचन कमिटीले सबैको सहमतिबाट नयाँ नेतृत्व चयन गरेको हो ।

दनुवार जागरण समितिका केन्द्रीय अध्यक्ष रुपनारायण सिंह दनुवारको प्रमुख आतिथ्यतामा आयोजित अधिवेशनमा समितिका संस्थापक सदस्यहरु बाल्मिकी सिंह दनुवार, सत्यदेव सिंह दनुवार, श्यामसुन्दर सिंह दनुवारले मन्तव्य राखेका थिए ।