logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

डुबेर बलिकाको मृत्यु


  • उज्यालो अभियान

ईश्वरपुर – सर्लाहीको ईश्वरपुर नगरपालिका–५, नरेशखोरमा शुक्रवार दिउँसो पानीमा डुबेर दुई वर्षकी बालिकाको मृत्यु भएको छ ।

चापाकल धाराको पानी जम्मा भएको खाल्डोमा डुबेर स्थानीय इन्द्रजीत महतोकी दुई वर्षीया छोरी सिसाकुमारी महतोको मृत्यु भएको हो । बालिकाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाइएको ईलाका प्रहरी कार्यालय केशरगञ्जले जनाएको छ । सर्लाहीमा तीन दिनअघि मात्रै कविलासी नगरपालिका–८, अगर्वामा आँगनमा राखिएको डोलको पानीमा डुबेर १७ महिनाकी बालिकाको मृत्यु भएको थियो ।