logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

कालिन्जोरमा २८ छोरीको शिक्षा बीमा


  • उज्यालो अभियान

विहिबार ईश्वरपुरमा छोरी शिक्षा बीमा कार्यक्रम सूरुवात गर्ने क्रममा एक अभिभावकलाई छोरीको बीमा प्रमाण–पत्र प्रदान गर्दै प्रदेश दुईका वन वातावरण तथा पर्यटन मन्त्री रामनरेश राय एवं उपस्थित ईश्वरपुरका मेयर मनोज देवकोटा लगायत । (तस्बिर : उज्यालो अभियान)

कालिन्जोर – सर्लाहीको ईश्वरपुर नगरपालिकाको विकट क्षेत्रमा पर्ने वडा नं. १२ कालिन्जोरमा शुक्रवार २८ जना छोरीको शिक्षा बीमा गरिएको छ ।

प्रदेश सरकारको छोरी शिक्षा बीमा कार्यक्रम अन्तर्गत सुक्रवार कालिन्जोरस्थित वडा कार्यालयमा आयोजना गरिएको शिविरमा गत वर्षको माघ १ गतेपछि जन्मिएका २८ छोरीको बीमा गरिएको हो । कार्यक्रममा ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार देवकोटा, उपप्रमुख एकावती देवी चौधरी, वडाध्यक्ष नागेन्द्र पाख्रिन लगायत सहभागी भएका थिए । सर्लाहीमा बिहिवार ईश्वरपुरबाटै छोरी शिक्षा बीमा कार्यक्रमको सुभारम्भ गरिएको थियो । बयलवासस्थित नारायण जनता प्राथमिक विद्यालयमा आयोजित शिविरमा झण्डै अढाई सय छोरीहरुको शिक्षा बीमा गरिएको थियो ।