हरिवन, ०३ मंसिर – यसपालीका लागि उखुको मूल्य निर्धारण गर्न सरकारी पक्षद्वारा किसानसँग वार्ता सुरु गरिएको छ ।
तत्काल उखुको मूल्य तोक्न कृषि, वन तथा पर्यावरण मन्त्रालयका अधिकारीले देशभरबाट काठमाडौँ पुगेका उखु किसानसँग आज सिंहदरबारमा वार्ता गरेका छन् । मन्त्रालयका सहसचिवको नेतृत्वमा रहेको वार्ता टोली समक्ष आफूहरुले यो सिजन २०८२/८३ मा उखुको प्रतिक्विन्टल मूल्य एक हजार २५ रुपियाँ कायम गर्नुपर्ने माग राखेको नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष श्यामबाबु रायले बताए ।
आजको वार्तामा कुनै ठोस निर्णय हुन नसकेको र भोली फेरि वार्तामा बस्ने सहमति भएको रायले बताए । भोली पुनः दिउँसो २ बजे उद्योगीसँग र त्यसपछि दिउँसो ३ बजेपछि हामीसँग वार्तामा बस्ने कुरा छ ।