बयलवास, ०३ मंसिर – हरिबोधनी एकादशीको अवसरमा सर्लाहीको ईश्वरपुर नगरपालिकाले भोली शुक्रबार स्थानीय बिदा दिएको छ ।
नगरप्रमुख मनोजकुमार आचार्यले आज सूचना जारी गर्दै भोली पालिकाभर बिदा दिइएको उल्लेख गरेका छन् ।
ईश्वरपुर नगरपालिकाभित्र भोली नगरपालिका र वडा कार्यालयसँगै विद्यालय, स्वास्थ्य संस्था बन्द रहने छन् ।