हरिवन, २१ पुस – सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी संस्थाको आज २० औँ वार्षिक साधारण सभा तथा २६ औँ स्थापना दिवस सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष शम्भुलाल श्रेष्ठको अध्यक्षता एवं हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (कमल) को प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो । आर्थिक वर्ष २०८१/८२ सम्म आइपुग्दा ५ करोड ९४ लाख ३४ हजार ५०० रुपैयाँ कूल शेयर पूँजी पुगेको संस्थाले कूल ऋण लगानी भने ३९ करोड ८३ लाख १४ हजार ६९ रुपैयाँ २७ पैसा गरेको जानकारी गराइएको छ ।
संस्थाले गत आर्थिक वर्षमा ८२ लाख ३ हजार ७८४ रुपैयाँ ७ पैसा खूद मुनाफा आर्जन गरेको समेत जानकारी गराइएको छ ।
संस्थाले नै हरिवन नगरपालिका १ भोक्टेनीमा संचालन गरेको विद्यालय परिसरमा आयोजित सधारण सभामा उत्कृष्ट बचतकर्ता, ऋणी, कर्मचारीलगायतलाई सम्मानसमेत गरिएको छ ।