logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

भूमि आयोग खारेजको विरोध


  • उज्यालो अभियान

मलंगवा, २९ असोज – नेकपा एमाले निकट विभिन्न संघसंगठनले भूमि आयोग खारेजको विरोधमा आज सर्लाहीका प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।

आयोग खारेज गर्ने निर्णय सच्याउन माग गर्दै एमाले निकट अखिल नेपाल किसान महासंघ, भूमि अधिकार तथा श्रमिक संगठनले माग गरेका हुन् । भूमि आयोग पुनर्स्थापना गर्न माग राख्दै सर्लाहीका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठमार्फत सरकारलाई ज्ञापन पत्र बुझाइएको अखिल नेपाल किसान महासंघका केन्द्रीय उपाध्यक्ष राजकुमार उप्रेतीले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउन नेकपा एमालेका नेता आज दिउँसो सदरमुकाम मलंगवास्थित जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।