logo
  • शनिबार, कार्तिक २२, २०८३ / Saturday, Nov, 07 ,2026

खैरामा आठौँ तिला संक्रान्ती माघी महोत्सव सुरु


  • उज्यालो अभियान

बेला – सर्लाहीको ईश्वरपुर नगरपालिका–१०, बेला खैरामा आजबाट आठौँ तिला संक्रान्ती माघी महोत्सव २०८० सुरु भएको छ ।

थारु समुदायको महानपर्व माघी तथा थारु सम्वत् २६४७ को अवसरमा महोत्सव आयोजना गरिएको हो । कार्यक्रमको आज आयोजक थारु कल्याणकारिणी सभा जिल्ला कार्य समितिका अध्यक्ष सूर्यनारायण चौधरीको अध्यक्षतामा सर्लाही क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य रामप्रकाश चौधरीले उद्घाटन गरे ।

कार्यक्रममा प्रदेशसभा सदस्य द्वय उपेन्द्र महतो र बेची लुंगेली, संविधान सभाका सदस्य रामचन्द्र चौधरी, थारु कल्याणकारी सभाका महामन्त्री अमिरीलाल चौधरी, पूर्व सल्लाहकार उदयनारायण चौधरी, ईश्वरपुर नगरपालिकाकी कार्यवाहक नगरप्रमुख रन्जितादेवी चौधरीलगायतको आतिथ्यता रहेको थियो ।

आज झाँकी प्रदर्शन, ¥याली र शुभकामना आदानप्रदान गरिएको र भोली अब सम्मान तथा साँस्कृतिक कार्यक्रम गरिने आयोजकले जनाएको छ ।