बरहथवा, २० पुस – बरहथवामा आज झडपको क्रममा मृत्यु भएका युवकको शव अझै प्रदर्शनकारीको नियन्त्रणमै रहेको छ ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले शव प्रदर्शनकारीले नै नियन्त्रणमा लिइरहेका बताए । उनले युवकको गोली लागेर मृत्यु भएको लगभग पुष्टी भएको बताएका छन् ।
गोली लागेर बरहथवा ६ का अन्दाजी ३० वर्षीय जयशंकर साहको मृत्यु भएको हो ।
याे पनि पढ्नाेस
बरहथवामा साँढे ५ बजेबाट कर्फ्यू
बरहथवा घटना : सीडीओ धमला भन्छन– युवकको मृत्युको कारण ‘क्लियर’ हुन बाँकी नै छ
सर्लाहीको बरहथवा तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर र अश्रुग्यास प्रहार