logo
  • शनिबार, कार्तिक २२, २०८३ / Saturday, Nov, 07 ,2026

विद्यालयमा निर्माण गरिएको संरचना हस्तान्तरण


  • उज्यालो अभियान

बयलवास – ग्रामीण नारी उत्थान संघले सेभ द चिडे«नको आर्थिक सहयोगमा ईश्वरपुरको एक विद्यालयमा निर्माण गरेको संरचना हस्तान्तरण गरिएको छ ।

ईश्वरपुर नगरपालिका वडा नं. ८ मा रहेको आदर्श आधारभूत विद्यालयमा निर्माण भएको बाल विकास केन्द्र भवन, गेटसहित कम्पाउण्ड वाल, शौचालय र पानीको धारा निर्माण तथा मर्मत गरी हिजो विद्यालयलाई हस्तान्तरण गरिएको हो । ९ लाख ३५ हजार ३२६ रुपैयाँमा संरचना निर्माण तथा मर्मत गरेर हस्तान्तरण गरिएको ग्रामीण नारी उत्थान संघ हरिपुरका उपाध्यक्ष विष्णुप्रसाद चालिसेले जानकारी दिए । कार्यक्रममा संस्थाका उपाध्यक्ष चालिसेले अब विद्यालयको तर्फबाट गुणस्तरीय शिक्षामा ध्यान दिन अनुरोध गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बेदबहादुर कार्कीको अध्यक्षता तथा वडाध्यक्ष श्यामबाबु थापाको प्रमुख आतिथ्यतामा विद्यालयका संरचना हस्तान्तरण गरिएको हो ।