ईश्वरपुर नगपालिका १२ स्थित घारिबथान क्षेत्रमा सोमबार बिहान सफा भई उघ्रिएको मौसम । (तस्बीर : उज्यालो अभियान)
घारिबथान – सर्लाहीको मौसम आज पनि बिहानैबाट उघ्रिएर पारिलो घाम लाग्न थालेको छ ।
जिल्लाको चारैतिरको मौसम सफा भई उघ्रिएको हो । अहिले बिहानीपख स्याँठ चलेकाले केही मात्रामा जाडो छ । जिल्लाको चुरेभेगमा बढी मात्रामा चिसो स्याँठ चलेको स्थानीयले बताएका छन् ।
यहाँ विगत ३/४ दिनदेखि हुस्सु लाग्न छाडेर बिहान सूर्योदय हुँदादेखि न्यानो घाम लाग्दै आएको छ । मध्यान्हपख पोल्ने गरी घाम लाग्छ ।
बाक्लो हुस्सु र शितलहर चल्ने पुस महिनामा पनि पोल्ने गरी घाम लाग्ने गरेको हो ।
आज पुसको ९ गते भयो । तर यो वर्ष तराईमा शितलहर चलेको छैन् ।