कारागार चलान भएका अभियुक्त अनिल जिम्बा ।
मलंगवा, ३० मंसिर – बागमती नगरपालिका वडा नम्बर १२ निवासी अनिल जिम्बा पूर्पक्षका लागि कारागार चलान भएका छन् ।
लागूऔषध मुद्दामा २९ वर्षीय जिम्बा पूर्पक्षका लागि कारागार चलान भएका हुन् । उनलाई शनिबार बिहान सिन्धुली कारागार पठाईएकाे ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिए ।
फरार अभियुक्त जिम्बालाई गत कात्तिक ३ गते ईलाका प्रहरी कार्यालय हरिवनकाे टाेलीले पक्राउ गरेकाे थियाे । २०७९ फागुन १२ गते राति साँढे ८ बजे जिम्बाकाे घरबाट लागूऔषधकाे रुपमा प्रयाेग हुने प्रतिबन्धित ३२ बाेतल काेडिवेल बरामद् गरेकाे थियाे । जिम्बाले आफ्नै घरमा लागूऔषध राखी बिक्री वितरण गर्ने गरेको सूचनाका आधारमा घर खानतलासी गर्दा उक्त बाेतलहरु बरामद् भएकाे प्रहरीले जनाएकाे छ ।
त्यतिबेला फरार हुन सफल जिम्बालाई हरिवन बजारबाट गत कात्तिक ३ गते ईलाका प्रहरी कार्यालय हरिवनकाे टाेलीले नियन्त्रणमा लिएर जिल्ला सरकारी वकिल कार्यालय सर्लाही मार्फत जिल्ला अदालत सर्लाहीमा मुद्दा दायर गरेकाे थियाे ।