पेस्ताेल र नगद सहित पक्राउ परेका अभियुक्तहरु । (तस्बिर : उज्यालाे अभियान)
संग्रामपुर, भदाै ०३ – सर्लाहीबाट २ थान पेस्ताेल सहित सशस्त्र प्रहरिले शनिबार राती २ जनालाइ नियन्त्रणमा लिएको छ ।

बरामद् पेस्ताेल सहितका सामग्रीहरु । (तस्बिर : उज्यालाे अभियान)
सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट (बिओपी) संग्रामपुरकाे टाेलीले शनिबार राती पर्सा गाउँ पालिका-६ स्थित सिमा इलाकामा भारतबाट नेपाल तर्फ आउँदै गरेकाे अवस्थामा हरिपुर्वा नगरपालिका-६ निबासी प्रकाश यादव र जीवन राय यादवलाई पेस्ताेल सहित नियन्त्रणमा लिएकाे हाे । भारतबाट आउँदै गरेको बिआर १९ जिए ४१४१ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा उनिहरुको साथबाट ७.६५ मिमि पेस्तोल एक थान, म्यागजिन १ थान र सोको गोलि १५ राउण्ड तथा कटुवा पेस्तोल १ थान र ५ राउण्ड गोलि समेत बरामद भएको छ ।
बरामद पेस्ताेल, नलकटुवा, म्याग्जिन, गाेलि, नगद ११ हजार ६८० रूपैंया, भारतिय बैंकको एटीएम कार्ड तथा मोटरसाइकल सहित आबश्यक कारबाहिको लागि अभियुक्तद्वयलाई राति नै जिल्ला प्रहरी कार्यालय सर्लाहीमा बुझाइएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयका सहायक प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।