logo
  • शनिबार, कार्तिक २२, २०८३ / Saturday, Nov, 07 ,2026

भारतमा मारेर नेपालमा फालिएकाे पुरुषकाे शव फेला


  • उज्यालो अभियान

यसअघिकै अर्काे घटनामा हत्या गरेकाे अवस्थामा फेला परेकाे शवकाे फाईल तस्बिर ।

मलंगवा, साउन ०९ – सर्लाही सदरमुकाम मलंगवा स्थित भारतीय सिमाक्षेत्र नजिक पुरुषकाे शव फेला परेकाे छ ।

मलंगवा नगरपालिका-१ भेडियाही स्थित लडकवा नाका नजिक दशगजा छेउ नेपालतर्फ २५ देखि ३० वर्षजस्ताे देखिने पुरुषकाे शव फेला परेकाे जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिए । सुनसान धानखेतमा गाउँलेले शव देखेपछि प्रहरीमा खबर गरेपछि मात्र मंगलबार दिउँसाे १ बजेतिर घटना बाहिर आएकाे हाे ।

अहिले जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कैलाश राई नेतृत्वकाे टाेली घटनास्थल गएर प्रारम्भिक अनुसन्धान गरिरहेकाे प्रउ सुबेदीले जानकारी दिए । ´रगतकाे टाटा लागेकाे र धानहरु माडिएकाे हेर्दा मृतकलाई भारततर्फ हत्या गरेर घिसार्दै दशगजा कटाउँदै नेपालतर्फ फालिएकाे देखिन्छ`, प्रउ सुबेदीले भने, ´हत्या पनि राती नै भएकाे हुनसक्छ ।`

मृतककाे टाउकाे र अनुहारमा चाेट देखिन्छ भने घिसार्दा लुगा माथि सरेकाले लिंग समेत बाहिर निस्केकाे अवस्थामा शव फेला परेकाे प्रहरीले जनाएकाे छ । शवकाे पहिचानका लागि भारतीय सुरक्षानिकायसँग सम्पर्ककाे प्रयास भईरहेकाे प्रउ सुबेदीले जानकारी दिए ।

साेमबार राती मात्र सर्लाहीकाे दक्षिण-पश्चिम क्षेत्र स्थित बलरा छेउकाे भारतीय बसभिट्टा बजारमा दुईपक्ष बीच गाेली हानाहान हुँदा एक भारतीय पुरुषकाे मृत्यु भएकाे थियाे । अपराधिक समुहबीच आपसमा गाेली हानाहान भएकाे बताईएकाे छ ।