हरिवन, २४ कात्तिक – नारायण उप्रेती स्मृत प्रतिष्ठानले सर्लाहीको हरिवनमा आयोजना गरेको देउसी भैलो कार्यक्रममा करबि एक लाख रूपैयाँ सहयोग सङ्कलन भएको छ ।
हरविन नगरपालकिा वडा नं. ८ स्थति नारायण चोकमा रहेको नारायण स्मृति भवनमा प्रतष्ठिानका आजीवन सदस्यहरूबीच देउसी भैलो कार्यक्रम गरएिको हो ।
कार्यक्रममा वभिन्नि महानुभावहरूबाट स्वतस्फूर्त रूपमा १० हजार रूपैयाँदेखि १ सय रूपैयाँसम्म सहयोग प्राप्त भएको प्रतिष्ठानका अध्यक्ष चूडामणि वाग्लेले जानकारी दिए ।
ज्येष्ठ उमेरका आमाहरू टिका लक्ष्मी उप्रेती, महालक्ष्मी उप्रेती एवम् पवन कुमारी वाग्लेद्वारा संयुक्त रूपमा दीप प्रज्वलन गरी उद्घाटन गरएिको सो कार्यक्रममा प्रतष्ठिानका संस्थापक डिल्ली प्रसाद उप्रेती, गणेश प्रसाई एवं राजकुमार उप्रेतीले नारायण उप्रेतीको तस्बिरमा माल्यार्पण गरेका थिए ।
कार्यक्रममा स्थानीय शङ्कर कुमार खड्का र भावी शरण पोख्रेलले रमाइलो देउसी भट्याएका थिए भने दनुवार समुदायका बालबालिकाहरूले आफ्नै मौलिक भेषभुषामा आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।
नारायण चोक क्षेत्रका स्थानीय बासिन्दाकाे उल्लेख्य सहभागिता रहेको कार्यक्रममा कार्यालयमै करबि एक घण्टा मात्र देउसी खेलएि पनि समाजबाट अपार माया र सहयोग प्राप्त भएको अध्यक्ष वाग्लेले बताए ।
देउसी भैलोबाट सङ्कलति करबि एक लाख रूपैयाँ रकम सकारात्मक सामाजिक कार्यमा सदुपयोग गरिने प्रतिष्ठानले जनाएको छ । कार्यक्रमका अध्यक्ष चूडामणि वाग्लेले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहभागी, दाता तथा अतिथिहरूलाई हार्दिक धन्यवाद ज्ञापन गरेका छन् ।
२०४६ सालको जनआन्दोलनका योद्धा नारायण उप्रेतीको स्मृतिमा गठन गरएिको प्रतिष्ठानले रिन्तर सामाजकि कामहरू गर्दै आएको छ ।