लालबन्दी, १२ असोज – सर्लाहीको मौसम आज बिहानैदेखि सफा भएर घाम लाग्न थालिसकेको छ ।
यहाँ हिजो मध्यान्ह १२ बजेपछि पानी परेको छैन् ।
अविरल वर्षा र भारी वर्षाको आंँकलनपछि गत शुक्रबार बिदा दिइएका विद्यालयहरु आजदेखि खुल्ने छन् भने वर्षाका प्रभावित निजी तथा सरकारी निकाय तथा कार्यालयहरुका सेवाहरु आजबाट पूर्ववत संचालनमा आउँदै छन् ।