logo
  • मङ्लबार, कार्तिक ११, २०८३ / Tuesday, Oct, 27 ,2026

सर्लाही १ मा भोली मात्र मतदान हुने


  • उज्यालो अभियान

रोशनकुमार न्यौपाने/बयलवास, ११ असोज – भारी वर्षाका कारण सर्लाहीमा नेपाली कांग्रेसको जारी क्षेत्रीय अधिवेशनसमेत प्रभावित बन्न पुगेको छ ।

क्षेत्र नं. १ मा क्षेत्रीय कार्य समिति र महाधिवेशन प्रतिनिधि चयनका लागि आज मतदानको समय तोकिएको थियो । तर, रातिदेखि नै ठुलो पानी परेपछि मतदानको कार्यक्रम भोलीका लागि सारिएको निवर्तमान क्षेत्रीय सभापति हरिबहादुर लुंगेलीले जानकारी दिए ।

खोलामा निरन्तर बाढी आउँदा चुरेभेगका क्षेत्रीय प्रतिनिधिहरु आउन समस्या पर्ने र ठुलो पानी परेर अन्य क्षेत्रीय प्रतिनिधिहरु जुट्न समेत गाह्रो पर्ने भएकाले आजका लागि मतदान स्थगित गरिएको लुंगेलीले बताए । उनका अनुसार अब भोली बिहान ७ बजेपछि गल्ला व्यापार संघ बयलवासको सभाहलमा मतदान सुरु गर्ने तयारी गरिएको छ ।

यस्तै सर्लाही क्षेत्र नं. ३ मा सहमतिका लागि नेताहरुबाट समय मागिएकाले समय लागिरहेको जिल्ला निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले उज्यालो अभियानसँग बताए ।

क्षेत्र नं. ३ को बरहथवामा क्षेत्रीय अधिवेशन आयोजना गरिएको छ ।

त्यसैगरी सर्लाही क्षेत्र नं. ४ को धनकौलमा क्षेत्रीय अधिवेशन सुरु गर्ने तयारी भइरहेको जिल्ला निर्वाचन अधिकृत अधिकारीको भनाइ छ ।

सर्लाही क्षेत्र नं. २ मा भने क्रियाशील सदस्यता विवादका कारण वडातहदेखिकै अधिवेशनको कुनै पनि प्रक्रिया अघि बढ्न सकेको छैन् ।

यही अवस्था रहे क्षेत्र नं. २ बाट १५ औँ केन्द्रीय महाधिवेशनमा प्रतिनिधि नै नरहने अवस्था आउने देखिएको छ ।