अहिले बिहान सर्लाहीको मौसम । (तस्बीर : अविजित जयसवाल/उज्यालो अभियान)
लालबन्दी, १० असोज – सर्लाहीको मौसम आज बिहानैदेखि उघ्रिएको छ ।
बुधबार साँझदेखि झरी पर्न सुरु भएको सर्लाहीमा आज भने बिहानैदेखि घाम लागेर मौसम छर्लङ्ग भइ उघ्रिएको हो । तीन दिन पानी परेर मौसम सफा हुँदा रमणीय वातावरण देखिएको छ ।
पानी पर्न रोकिएसँगै जनजीवन सहज भएको छ । मानिसहरु नियमित काममा फर्किएका छन् । तीन दिनपछि बिहानैदेखि घाम लाग्दा स्थानीय लुगा धुनेसहित अन्य सरसफाईको काममा ब्यस्त देखिन्छन् ।
सर्लाहीमा गएराति सामान्य हावाहुरीसमेत चलेको थियो ।
बिहान झिसमिसेसम्म सिमसिमे पानी परेकोमा त्यसपछि भने घाम लागेर मौसम सफा बनेको हो ।