नवराज अधिकारी/बागमती, ०९ असोज – बागमती नदीमा आज दिउँसोसम्म जल सतहको अवस्था सामान्य नै रहेको छ ।
प्राविधिकले दिउँसो १२ बजेको मापन अनुसार बागमती नदीको जलसतह ३.९० मिटर मापन गरिएको बताएका छन् । जल तथा मौसम विज्ञान विभागको पधेरादोभान जलमापन केन्द्रमा कार्यरत जलमापन सहायक (गेज रिडर) राजु पाटा मगरले अहिले दिउँसो बाढी बढेर जलसतह केही वृद्धि भएको उज्यालो अभियानसँग बताएका छन् ।
बागमती सिँचाई आयोजनाको ड्यामका सम्पूर्ण ३६ वटै ढोका खोलिएको बागमती सिँचाई आयोजनामा कार्यरत विनोद पासवानले बताए । सर्लाही तथा रौतहट दुवैतर्फको नहरका ढोका भने बन्द गरिएको छ ।
बागमतीसहित लखन्देही, बाँके, फूलजोर, कालिन्जोरलगायतका खोलामा सामान्य बाढी आइरहेको छ । सर्लाहीका सिडिओ विजयराज सुवेदीले आज दिउँसोसम्म जिल्लाभरको अवस्था सामान्य रहेको बताएका छन् ।