लालबन्दी, ०८ असोज – नेपाली कांग्रेस लालबन्दी नगर समितिको सभापतिमा नारायण गुर्मछान मगर सर्वसम्मत रुपमा चयन भएक छन् ।
निरन्तरको छलफलपछि गुर्मछान सर्वसम्मत रुपमा सभापतिमा चुनिएका हुन् । सभापतिमा विभुसिंह थापा पनि दाबेदार थिए ।
निर्वाचन समितिले सभापतिमा गुर्मछानसहित अन्य पदाधिकारी र सदस्यहरु निर्विरोध निर्वाचित भएको घोषणा गर्न प्रक्रिया पूरा गर्ने काम गरिरहेको स्रोतले जनाएको छ ।