हरिपुर, ०७ असोज – सर्लाहीको हरिपुरमा आज जय नेपाल पार्टीको कार्यकर्ता भेला सम्पन्न भएको छ ।
पार्टीका जिल्ला सभापति गोपाल प्रसाद ढकालको अध्यक्षता तथा केन्द्रीय सभापति धवलशमशेर जबराको प्रमुख आतिथ्यतामा कार्यकर्ता भेला सम्पन्न भएको हो । यो पार्टी भर्खरै राप्रपाबाट टुक्रिएर निर्माण भएको हो ।
पार्टीको पहिलो जिल्लास्तरीय कार्यकर्ता भेलामा जिल्लाभरबाट नेता कार्यकर्ता सहभागी भएका थिए ।