हरिवन, १७ भदौ – सर्लाहीको हरिवन स्थित इन्दु शंकर चिनी उद्योग लिमिटेडले भोटेकोशी बाढीपीडितका लागि राहतस्वरुप ३५ लाख रुपैंया सहयोग गरेको छ ।
औद्योगिक समूह केडिया परिवार अन्तर्गतका उद्योगहरु मध्ये इन्दु शंकरको तर्फबाट ३५ लाख, सुशील वनस्पति प्रालिबाट ४० लाख, डीएभी सुशील केडिया विश्वभारतीबाट २० लाख र सीताराम गोकुल मिल्क्स प्रालिबाट पाँच लाख रुपैंया गरी जम्मा एक करोड रुपैंया प्रधानमन्त्री दैवी प्रकोउ उद्धार कोषमा जम्मा गरिएको केडिया परिवारले जनाएको छ । इन्दु शंकरका मालिक राजेश केडियासहित केडिया परिवारका सदस्यहरुले मंगलबार अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर चेक हस्तान्तरण गरिएको इन्दु शंकर चिनी उद्योगका प्रशासकीय प्रमुख ठाकुर नेपालले जानकारी दिए ।