हरिपुर, २६ फागुन – सर्लाहीको हरिपुरमा यू–१४ मधेश प्रदेश विद्यालयस्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मधेश प्रदेश फुटबल सङ्घको आयोजनामा हरिपुर नगरपालिका–७, स्थित चिताइन खेल मैदानमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा मधेश प्रदेशका आठ जिल्लाबाट पुरुष टिम र पर्सा बाहेक अन्य सात जिल्लाका महिला टिम सहभागी छन् ।
बिजेताले १४ वर्षमुनिको विद्यालयस्तरीय राष्ट्रिय फुटबल प्रतियोगितामा प्रदेश प्रदेशको तर्फबाट भाग लिन पाउने छ ।
नेपाल फुटबल प्रशिक्षक सङ्घका अनुसार प्रतियोगिता फागुन ३० गतेसम्म सञ्चालन हुने छ ।