logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

लक्ष्मीनाथ महादेव मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो


  • उज्यालो अभियान

चिताइन, ०३ फागुन – महाशिवरात्रिको अवसरमा सर्लाहीको ऐतिहासिक एवं धार्मिक स्थल लक्ष्मीनाथ महादेव मन्दिर चिताइन परिसरमा आज बिहानैदेखि दर्शनार्थीको भीड लागिरहेको छ ।

हरिपुर नगरपालिका ७ चिताइनमा रहेको यस मन्दिरमा चर्मरोग निको हुने र मनोकामना पूरा हुने जनविश्साससहित भान्टाको भार र धानको मटका चढाउनेको पनि अत्यधिक भीड लाग्छ । टाढा टाढाका मानिसहरु समेत दिउँसोसम्म पनि मन्दिर दर्शन तथा पूजाआजाका लागि पुग्छन् । मन्दिर परिसरमा आजैदेखि चिताइन मेला र प्रदेशस्तरीय भलिबल प्रतियोगिता समेत सुरु हुँदै छ ।

जिल्लाका लालबन्दी, हरिवन, सागरनाथ, मुर्तियालगायत अन्य शिवालयहरुमा पनि दर्शनार्थीको भीडभाड नै देखिन्छ ।

उता, महाशिवरात्रिको अवसरमा पशुपतिनाथमा बिहानैदेखि चहलपहल जारी छ । बिहान ४ बजेदेखि नै पशुपतिनाथका चार वटै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

दर्शनार्थी र साधुसन्तको घुइँचो लागेको छ । यस वर्ष ८ लाखभन्दा धेरै दर्शनार्थीले पशुपतिमा दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको छ ।