logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

तनावग्रस्त बनेको मलंगवा कारागारको अवस्था नियन्त्रणमा आयो


  • उज्यालो अभियान

सदरमुकाम मलंगवास्थित जिल्ला कारागारको भवनमा बुधबार बिहान लागेको आगोका कारण निस्किएको धुवाको मुस्लो । (तस्बिर : उज्यालो अभियान)

सदरमुकाम मलंगवास्थित जिल्ला कारागार भवन जाने बाटोमा बुधबार बिहान खटिएका नेपाली सेना सहितका सुरक्षाकर्मीहरु । (तस्बिर : उज्यालो अभियान)

मलंगवा, २५ भदौ – सर्लाही सदरमुकाम मलंगवास्थित कारागारको अवस्था पूर्ण रुपले नियन्त्रणमा आएको प्रमुख जिल्ला अधिकारी (सीडीओ) तुलसी बहादुर श्रेष्ठले जानकारी दिएका छन् ।

बुधबार बिहानै भित्र रहेका कैदी बन्दीहरुले प्रदर्शन गर्दा कारागार तथा आसपासको क्षेत्र तनावग्रस्त बनेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । कैदीबन्दीले कारागारको माथिल्लो तलामा आगोसमेत लगाएका थिए । कैदीबन्दीहरुले कारागारबाट भाग्ने प्रयत्न स्वरुप प्रदर्शन र तोडफोड सूरु गरेको तर तत्काल नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मीले स्थिती नियन्त्रणमा लिएको प्रजिअ श्रेष्ठले जानकारी दिए । प्रजिअ श्रेष्ठका अनुसार दमकल एवं सुरक्षाकर्मीको सहयोगमा कारागारमा लागेको आगो समेत नियन्त्रणमा लिइसकिएको छ । स्थिती नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीले दर्जनौ राउण्ड हवाई फायर एवं अश्रुग्याँस प्रहार गरेको थियो ।

कारागारमा ‘विवादित तपस्वी’ राम बहादुर बम्जन सहित ३०० जनाभन्दा बढी कैदीबन्दी रहेका छन् ।

योपनि पढ्नोस्

जिल्लाभर सेनाको गस्ती जारी, तत्काल खबर गर्न आग्रह (तस्बिरहरु)

बुधबार बिहानैदेखि सर्लाही जिल्लाभर कर्फ्यू आदेश जारी