गस्तीका क्रममा बुधबार बिहान नवलपुर-मलंगवा सडकखण्डअन्तर्गत हरिपुर नगरपालिका क्षेत्रमा खटिएको नेपाली सेना कालिध्वज गणको टोली । (तस्बिर : नेपाली सेना)

हरिवन, २५ भदौ – जेन-जी आन्दोलनका कारण उत्पन्न पछिल्लो परिस्थिती नियन्त्रणका लागि जनधनको सुरक्षार्थ सर्लाही जिल्लाभर नेपाली सेनाको टोलीले गस्ती गरिरहेको छ ।

नेपाली सेनाको पाँचकुमारी स्थित कालिध्वज गणका गणपति उमेश खड्काले जिल्लाभर नेपाली सेनाको नेतृत्वमा गस्ती सूरु गरिएको जानकारी दिए । आम नेपाली नागरिक एवं सार्वजनिक सम्पतिको सुरक्षाका लागि सैनिक गस्ती सूरु गरिएको नेपाली सेनाले जनाएको छ । मंगलबार राती १० बजेबाट मुलुकभर नेपाली सेनाले सुरक्षाको कमाण्ड सम्हालेको हो ।
सर्लाहीमा नेपाली सेनाको लालबन्दी नगरपालिका-२ पाँचकुमारीस्थित गण तथा मातहत सदरमुकाम मलंगवा र बागमतीस्थित गुल्मबाट सैनिकहरु जिल्लाभर परिचालन भएको गणपति खड्काले उज्यालो अभियानलाई बताए । यदि कुनै अपृय घटना हुनसक्ने सूचना प्राप्त भए तत्काल ०४६–५९०९९६/९९७ मा खबर गरिदिन समेत गणपति खड्काले अनुरोध गरेका छन् ।
योपनि पढ्नोस्
बुधबार बिहानैदेखि सर्लाही जिल्लाभर कर्फ्यू आदेश जारी