logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

जसपा नेता अशाेक यादव पक्राउ


  • उज्यालो अभियान

प्रदेश सांसद् अशोककुमार यादव ।

मलंगवा, २५ भदाै – अशाेक राइ नेतृत्वकाे जनता समाजवादी पार्टी (जसपा)का नेता अशाेक कुमार यादवलाइ प्रहरीले नियन्त्रणमा लिएकाे छ ।
जसपाका मधेश प्रदेश अध्यक्ष यादवलाई जिल्ला प्रहरी कार्यालय मलंगवाकाे टाेलीले बुधबार बिहान पक्राउ गरेकाे हाे । यादवलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेकाे सर्लाही प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) योगेन्द्रकुमार खड्काले उज्यालाे अभियानलाई जानकारी दिए ।

गत असार १९ गते राति एसपी खड्का र यादवबीच `तँ तँ र म म’ सहित गालिगलाैचकाे टेलिफोन संवाद बाहिरिएकाे थियाे । लगतै प्रहरीले यादवकाे सलेमपुरस्थित घरमा छापा मार्दा जिल्ला प्रहरी कार्यालयकाे गाडीमा ताेडफाेड एवं केही सुरक्षाकर्मी समेत घाइते भएका थिए ।

उक्त घटनायता फरार रहेका यादव मंगलबार जेन-जी आन्दाेलनका क्रममा सदरमुकाम मलंगवाकाे प्रदर्शनमा सहभागि भएका थिए । जेन-जी आन्दाेलनका नाममा यादव स्वयंले नेतृत्व गरेर अराजकता निम्त्याउने प्रयास गरेकाले उनलाई नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय स्राेतले जनाएकाे छ ।

यादवलाइ पक्राउ गरिएकाे विराेधमा जसपाका नेता कार्यकर्ताले सदरमुकाम मलंगवामा विराेध प्रदर्शन गरेका छन् । उनिहरुले वंशल पेट्राेल पम्प छेउकाे प्रहरी बीटमा ताेडफाेडसहित आगजनी गरेका छन् भने आवश्यक कारबाहीका लागि प्रहरीले नियन्त्रणमा लिएका माेटरसाइकलहरु समेत जलाइदिएका छन् ।

अहिले सदरमुकाम मलंगवासहित जिल्लाभरकाे अवस्था सामान्य रहेकाे नेपाली सेना कालिध्वज गण पाँचकुमारीका गणपति प्रमुख सेनानी उमेश खड्काले जानकारी दिए ।

पत्रकार साहमाथि दुर्ब्यबहार

यसैबीच बुधबार वंशल पेट्राेल पम्प छेउकाे प्रहरी बिट जलाउने लगायत आन्दाेलका गतिबिधिकाे फाेटाे भिडियाे खिच्दै गर्दा मेराे शान टिभीका पत्रकार राजिव साहमाथि आन्दाेलनकारी समूहले दुर्व्यबहार गरेका छन् । आफूमााथि कुटपिट भएकाे र माेबाइलमा भएका सबै फाेटाे भिडियाे डिलेट गरिदिएकाे पत्रकार साहले बताए । दुइतिन मुक्का टाउकाेमा प्रहार गरेका थिए, हेल्मेट लगाएका कारण त्यतिधेरै चाेट लागेन', साहले उज्यालाे अभियानसँग भने,  `माेबाइल खाेसेर सबै फाेटाे भिडियाे डिलिट गरिदिए ।’ अहिले आफू सकुशल नै रहेकाे साहले बताए ।

याेपनि पढ्नाेस्

अशोक यादवविरुद्ध यसअघि पनि दर्ता भएका थिए ७ मुद्दा